
चाैतारा । राष्ट्रिय स्वतन्त्र पार्टी, सिन्धुपाल्चोकको सभापति पदमा माया गुरुङ चयन भएकी छिन् । शनिबार चौतारामा भएको पार्टीको जिल्ला भेलाले गुरुङलाई सभापति चयन गरेको हो ।
पार्टीका केन्द्रिय सभापति रवि लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले उपसभापतिमा पासाङ तामाङ र सचिवमा चक्रपाणी सिग्देल चयन गरेको छ ।
तीन जना पदाधिकारी सहित जिल्लाका सबै स्थानीय तहका कमिटी सभापति पदेन सदस्य रहने पार्टीको विधान अनुसार तीन जना पदाधिकारी चयन गरिएको सचिव सिग्देलले बताए ।