चाैतारा । सार्वजनिक यातायातको भाडामा विद्यार्थीहरुलाई ४५ प्रतिशत छुटको व्यवस्था गर्न अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटिले आज पुर्व अरनिको यातायात प्रा. लि. का अध्यक्ष केदार क्षेत्रि लाई ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको छ ।

विद्यार्थी आन्दोलनको उपलब्धि स्वरुप राज्यद्वारा प्रदान गर्दै आएको सार्वजनिक यातायातको भाडामा विद्यार्थीहरुलाई ४५ प्रतिशत छुटको व्यवस्था गरिएको भएपनि सिन्धुपाल्चोक जिल्ला अन्तर्गत चल्ने यातायात सेवा समितिका बसहरुले त्यसलाई कार्यान्वयन नगरेकाले ध्यानाकर्षणपत्र बुझाउनुपरेकाे अनेरास्ववियु जिल्ला सह- सचिव नवीन पाण्डेले जानकारी दिए ।

उक्त ध्यानाकर्षण कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सह-इन्चार्ज विदुर भट्टराई, जिल्ला कमिटी सिन्धुपाल्चोकको अध्यक्ष लक्ष्मण सिलवाल, कोषाध्यक्ष अमृत थापा र सह-सचिव नवीन पाण्डे सहितकाे सामुहिक उपस्थितिमा ज्ञापनपत्र बुझाइएको अनेरास्ववियु सिन्धुपाल्चोकको सचिवालय सदस्य सन्दिप खत्रीले जानकारी दिए ।

नजिकदैँ आएको दशैँ र तिहार लाइ समेत लक्षित गरि विद्यार्थीहरु यो समयमा अध्ययनको शिलशिलामा राजधानी बाट जिल्ला फर्कने क्रम बढ्ने भएकाले तत्काल यो विषयलाई कार्यान्वयन गर्न खबरदारी गर्दै अन्यथा संगठन थप कडा आन्दोलनका कार्यक्रममा जान वाद्य हुने भन्दै खबरदारी सहित गम्भीर ध्यानाकर्षण गरेको छ। साथै पुर्व अरनिको यातायात प्रालिको अध्यक्ष केदार खत्री क्षेत्रीले यसलाई तत्काल पुर्ण रुपमा कार्यान्वयन गराउन सम्बन्धित काउण्टरहरुमा जानकारी गराउनुका साथै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

यसअघि अनेरास्ववियुले मेलम्ची नगरपालिका र बाह्रबिसे नगरपालिका अन्तर्गत भएर चल्ने यातायात व्यवसायी हरुलाई सम्बन्धित यातायात प्रालिका काउण्टर मार्फत ध्यानाकर्षण समेत गराइसकेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!