
मेलम्ची । अब कांग्रेस कमजाेर बनाउन कसैकाे औकात नपुग्ने कांग्रेस केन्द्रीय सदस्य माेहन बहादुर बस्नेतले बताएका छन । सबै नेता कार्यकर्ताकाे खटाईले सिन्धुपाल्चाेकमा नेपाली कांग्रेस पहिलाे पार्टी भएकाे उनले बताए ।
‘सबैकाे मेहनतले नेपाली कांग्रेस स्थानिय तहकाे चुनावमा फस्ट भयाे, अब जसले टिकट ल्याएपनि सहयाेग गर्नुपर्छ’, नेपाली कांग्रेस मेलम्ची नगर कार्यसमिति द्वारा आयाेजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम लाई सम्बाेधन गर्दै बस्नेतले भने ।
जहाँ बिपत्ती त्यहाँ कांग्रेस भन्ने मुल नारा लिएर काम गरेकाेले कांग्रेस पहिलाे दल भएकाे नेता बस्नेतकाे दावि छ । ‘हामीले बाढी, पहिराे भुकम्प, काेराेनाकाे समयमा राम्राे खटेउँ । मेलम्चीमा कांग्रेसले कसरी जित्छ भन्थ्याे अहिले जित्याे । अवकाे चुनाबमा मेलम्ची ११ पनि जित्नुपर्छ’, बस्नेतले भने ‘अबकाे चुनाब कांग्रेसले जितेपछि कम्युनिष्ट सकिन्छ’ ।
सिन्धुपाल्चाेकमा कांग्रेस एकल चुनाव जित्न सामर्थ्य राख्ने उनकाे दावि छ । याे पटक कांग्रेस लाई संघ र प्रदेशमा समेत एक नम्बर बनाउने उनले बताए । हेलम्बु मेलम्चीमा बाढीले भत्किएका सबै पुल बनाउन पहल लिने समेत बस्नेतले बताए ।