चौतारा । नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले चुनाव जित्नकै लागि कुनै समस्या नरहेको बताएका छन । आफु अन्तर फराकिलो बनाउने प्रयासमा रहने उनले बताए ।

गठबन्धन हुँदा चुनाव जित्न कुनै समस्या नहुने बस्नेत बताउँछन । सत्ता गठबन्धनका नेताहरु भने टिकट वितरण र विगतको राजनीतिमा जे जस्ता अनुभव भए पनि अब टिकट पाउनेलाई जिताउन प्रतिवद्ध रहेको बताउँछन् । देशभर एमाले नेतृत्वको गठबन्धन र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा रहेकाले प्रतिस्पर्धाको भावना अनुसार सिन्धुपाल्चोकमा पनि नेताहरुले भूमिका खेल्ने मोहन बस्नेतको विश्वास छ ।

माओवादी पनि एक ढिक्का भएर अगाडि बढेका कारण जित्नलाई कुनै अप्ठ्यारो नहुने सिन्धुपाल्चोक कांग्रेसका उपसभापति टंक कार्की बताउँछन । गठबन्धनका दलहरुको शतप्रतिशत जित्ने उनि दाबी गर्छन् ।

सिन्धुपाल्चोक क्षेत्र नं २ बाट यसपाली चुनावी मैदानमा होमिएका बस्नेत र यसै क्षेत्रका एमालेका नेता शेर बहादुर तामाङ बिच चुनाबि प्रतिस्पर्धा हुने भएको छ ।

एमाले नेताहरु पनि सिन्धुपाल्चोक–२ को चुनावी नतिजा पार्टीकै प्रतिस्ठासँग जोडिएको बताउँछन् । एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्ष कमल नेपाल भन्छन्, ‘स्थानीय चुनावको मत नियाल्दा पनि हामी पहिलो दल हौं । गठबन्धनमा रहेका दलहरुको मत जोड्ने हो भने हामी केही कम देखिन्छौं ।

कांग्रेस नेता बस्नेत २०४८ कै आम निर्वाचनमा सिन्धुपाल्चोक–१ मा चुनाव लडेका थिए । ०४८ मा एमालेका अमृतकुमार बोहरासँग पराजित भएका उनि ०५६ मा टिकट पाएर बोहरालाई नै हराएर सांसद बने । ०६४ मा टिकट त पाए, तर चुनाव जित्न सकेनन् । ०७० मा टिकट पाएर चुनाव जितेका बस्नेत मन्त्री समेत भए । २०७४ मा भने उनले चुनाव हारेका थिए ।

एमाले उम्मेदवार तामाङले भने सुरुका दुई चुनाव हारे, भने पछिल्ला दुबै चुनाव जितेका छन् । पहिलो पटक ०५६ मा नेकपा मालेबाट सिन्धुपाल्चोक ३ मा उम्मेदवार बनेका उनी पराजित भए । ०६४ मा एमालेबाट लडेका उनी जित्न सकेनन् । ०७० मा सिन्धुल्पाल्चोक ३ बाटै पहिलो पटक चुनाव जिते । शेरबहादुरले २०७४ मा २ मा चुनाव लडे र जिते ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!