चौतारा । राप्रपाका तीन आधिकारिक उम्मेदवारविरुद्ध पार्टीकै नेताले बागी उम्मेदवारी दिएका छन् । निर्वाचन क्षेत्र नं. २ र त्यसको (क) र (ख) दुबै प्रदेका उम्मेदवारविरुद्ध बागी परेको हो ।

राप्रपाले क्षेत्र नं. २ मा नर्सिङ (गोपाल) श्रेष्ठलाई आधिकारिक उम्मेदवार बनाएको छ । उनीविरुद्ध राप्रपा केन्द्रीय सदस्य यस्मिन ढुंगाना बिष्टले बागी उम्मेदवारी दिएका हुन् । क्षेत्र नं. २ (क) प्रदेशमा राप्रपाका पूर्वक्षेत्रीय अध्यक्ष फणिन्द्र प्रसाद दाहालले बागी उम्मेदवारी हालेका छन् । राप्रपाले यो प्रदेशबाट आधिकारिक उम्मेदवार बाबुराम खड्कालाई बनाएको छ ।

त्यस्तै (ख) प्रदेशमा राप्रपाकै योगेन्द्रराज सिग्देलले बागी उम्मेदवारी दिएका छन् । यो प्रदेशबाट राप्रपाले गोविन्द गुरुङलाई उम्मेदवार बनाएको छ । बागी उम्मेदवारलाई फिर्ता गराउन राप्रपाले प्रयास गरिरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!