
चौतारा । सिन्धुपाल्चोकमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भाग लिन मनोनयनपत्र दर्ता गराएका उम्मेदवारबिरुद्ध एउटै उजुरी परेन ।
आइतबार उम्मेदवारी दर्ता भएको थियो । निर्वाचन आयोगले सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवाको विरोधमा उजुरी दिने समय दिएको थियो । उक्त अवधिमा कुनै उजुरी नपरेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिए ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा राजनीतिक दल र स्वतन्त्रसहित ६१ जनाले उम्मेदवारी दर्ता गराएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अुनसार दुई प्रतिनिधि सभाका लागि २८ र चार प्रदेश निर्वाचन क्षेत्रमा ३३ को उम्मेदवारी परेको छ ।