
जल तथा मौसम विज्ञान विभागले आगामी (अर्को) हप्तासम्म मौसमी वर्षा रहिरहने पूर्वानूमान गरेको छ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले बुधबार न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले त्यसका लागि विभागले मौसमी सिष्टमको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उचित समयमा त्यसको बाहिरिने अवस्थाबारे सार्वजनिक गर्ने बताए।
वरिष्ठ मौसमविद् रेग्मीले मौसमी वर्षात् सकिए पनि ठूलै धनमालको जोखिम हुने अवस्था सकियो भन्ने नमिल्ने पनि स्पष्ट पारे।