चाैतारा । राप्रपाका तीन आधिकारिक उम्मेदवारविरुद्ध पार्टीकै नेताले दिएको बागी उम्मेदवारी फिर्ता भएको छ । राप्रपाले क्षेत्र नं २ मा नर्सिङ (गोपाल) श्रेष्ठलाई आधिकारिक उम्मेदवार बनाएको थियो । उनीविरुद्ध राप्रपा केन्द्रीय सदस्य यस्मिन ढुंगानाले बागी उम्मेदवारी दिएकी थिइन् । तर, बुधबार उनले उम्मेदवारी फिर्ता लिएकी छन् ।

क्षेत्र नं २ (क) प्रदेशसभामा राप्रपाका पूर्वक्षेत्रीय अध्यक्ष फणिन्द्र दाहालले बागी उम्मेदवारी हाले पनि फिर्ता लिएका छन् । राप्रपाले यो प्रदेशमा बाबुराम खड्कालाई आधिकारिक उम्मेदवार बनाएको थियो ।

त्यस्तै (ख) प्रदेशमा बागी उम्मेदवारी दिएका राप्रपाकै योगेन्द्रराज सिग्देलले पनि उम्मेदवारी फिर्ता लिएका छन् । यो प्रदेशसभामा राप्रपाले गोविन्द गुरुङलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!