चाैतारा । मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ मा सत्ता गठबन्धनविरुद्धका बागी उम्मेदवारले आफ्नो उम्मेदवारी कायम नै राखेका छन् ।

सिन्धुपाल्चोक २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतविरुद्ध कांग्रेसकै पूर्वक्षेत्रीय सभापति बद्री चौलागाईंले ‘बागी’ उम्मेदवारी दिएका थिए ।

कांग्रेसको १३औं महाधिवेशनमा उनी सचिव पदमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए । कांग्रेस प्रजातान्त्रिक हुँदा चौलागाईं बस्नेतको साथमै थिए । तर, अहिले उनी बस्नेतलाई छाडेर शेखर कोइराला खेमामा लागेका छन् ।

क्षेत्र नम्बर २ मा कांग्रेसका क्षमतावान नेता भए पनि ‘टुरिस्ट’ उम्मेदवार बनाएको भन्दै आफ्नो उम्मेदवारी रहेको चौलागाईंले बताए ।

नेता बद्री चौलागाईले खरायो चुनाव चिन्ह पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!