चाैतारा । गठबन्धनबाटै सिन्धुपाल्चोक १ मा उम्मेदवार बनेका माओवादी केन्द्रका माधव सापकोटा ‘सुवोध’विरुद्ध कांग्रेस सुनकोशी गाउँपालिका–२ का इकाई सभापति रामकुमार जीसीले दिएको उम्मेदवारी पनि फिर्ता भएन ।

सुनकोशी गाउँपालिकाका निर्वतमान अध्यक्ष श्रवणकुमार जीसी (विनोद) का भाइ रामकुमारले स्थानीय चुनावमा एमाले र माओवादीबीच गठबन्धन गराएर आफूहरुलाई हराएको भन्दै सापकोटाविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।

त्यस्तै प्रतिनिधिसभा १ प्रदेश सभा (क) मा सरल सहयात्रीविरुद्ध नवप्रवेशी कांग्रेसका स्थानीय कार्यकर्ता भक्त भण्डारीले दिएको उम्मेदवारी पनि कायम नै रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । भण्डारीकी श्रीमती मञ्जु नेपाल भण्डारी स्थानीय निर्वाचनमा एमालेको तर्फबाट सुनकोशी गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार भएकी थिइन् । एमाले र माओवादीबीच गठबन्धन भएपछि उम्मेदवारी दर्ता गरे पनि उनलाई एमालेले उम्मेदवार फिर्ता गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!