मेलम्ची । सिन्धुपाल्चोक क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी बाट माया गुरूङ्ले उम्मेदवारी दिएकि छिन् । चुनाव चिन्ह घण्टी लिएर उनी मैदानमा उत्रिएकि छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी जिल्ला सभापति रहेकी गुरुङले यसअघि स्थानीय तहको निर्वाचनमा आफ्नै गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएकी थिइन । पाँचपोखरी थाङपाल गाउँपालिका वडा ७, भोटेनाम्लाङकी ४३ वर्षीया गुरुङ प्रसिद्ध पर्वतारोही हुन् ।

सन् २००८ मा उनीसहितको सात महिलाको टोलीले सातवटै महादेशका हिमाल चढेर विश्व किर्तिमान बनाएका थिए । उनी सन् २००८ अक्टुबरमा एक्सपोलर हिमालयन ट्राभल एण्ड एडभेन्चरको आयोजनामा सर्वोच्च सगरमाथाबाट ‘स्काईडाइभ’ गर्ने एशियाको पहिलो महिला पनि हुन् ।

जुगल हिमश्रृंखलाको ११ वटा मध्येको एक चुचुरो ६ हजार एक सय ५१ मिटरको उचाइमा रहेको ग्ल्याजेन पिक (फुर्पा ज्यो ज्यो पिक) पहिलो पटक आरोहण र बाटो खोल्दै उनी मुलुककै हिमालको बाटो खुलाउने पहिलो महिला बनेकी थिइन् ।

‘आफ्नो गाउँ बनाउन अब हामी महिलाले नै हिम्मत गर्नैपर्छ, त्यही सम्झिएर प्रतिनिधिसभा २ मा स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएँ,’गुरुङले भनिन् । उनी बिजय भएपश्चात गर्ने कामहरू उनले सार्वजनिक गरेकि छिन् ।

आफ्नाे विजयले ठूलो अर्थ राख्ने भन्दै गुरूङ्ले । सिन्धुपाल्चोकलाई समृद्ध बनाउन र नेपालको समग्र विकासका लागि ठूलो योगदान गर्न सकिने बताइन ।

सिन्धुपाल्चाेक जिल्लाको संमृद्धिका लागि खटेर काम गर्न सक्ने उनले बताइन । साँसद पदलाई जागिरको रुपमा नलिने र पाँच वर्षसम्म जनताकाे सेवामा सदैव खट्ने बताइन । ‘सिन्धुपाल्चोक र देशको विकासका लागि काम गर्नेछु’, उनले भनिन् ।

यस्ता छन माया गुरूङ्काे संकल्प उनकै शब्दमा :

— एउटा सांसदका रुपमा मैले यहाँको पर्यटन क्षेत्रको विकासका लागि ठूलो योगदान गर्न सक्ने रहेछु । असाध्यै धेरै सम्भावना बोकेको, राजधानीबाट नजिकै रहेका उपेक्षित पर्यटकीय क्षेत्रको विकासबाट रोजगारी र राजश्व वृद्धिका लागि योगदान गर्न सक्छु ।

— यहाँका सामुदायिक विद्यालयहरुको गुणस्तरमा सुधार गर्न सम्बन्धित निकायहरुसंग समन्वय गरेर काम गर्न सक्छु । सबै बालबालिकालाई गुणस्तरीय शिक्षाको वातावरण बनाउन काम गर्न सक्छु ।

— विभिन्न तालीमका अवसर सिर्जना गर्न सक्छु । तालीमसंग व्यवसायलाई जोड्न सक्छु र सबैलाई आम्दानीका काममा जोड्न सक्छु ।

— टोलटोलमा नेतृत्व विकासका लागि तालीमहरुको आयोजना गर्न सक्छु ।

— सम्बन्धित निकायहरुसंग मिलेर स्वास्थ्य बीमा कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाउन सक्छु ।

— स्वास्थ्य संस्थाहरुको सुधार मार्फत यहाँका नागरिकको स्वस्थ जीवनका लागि काम गर्न सकिन्छ । जटिल शल्यक्रिया बाहेक अन्य स्वास्थ्य समस्याको निराकरण जिल्लाकै स्वास्थ्य संस्थामा गर्ने परिपाटीका लागि काम गर्न सक्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!