
मेलम्ची । जिल्ला स्तरीय दोस्रो मेलम्ची मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७९ मेलम्चीमा हुने भएको छ।
मेलम्ची नगरपालिकाको सहयोग र मेलम्ची ब्याडमिन्टन एकेडेमीको आयोजनामा कात्तिक ४,५ र ६ गते मेलम्ची टारस्थित अस्थायी खेल मैदानमा प्रतियोगिता हुनेभएको हो ।
प्रतियोगितामा जिल्ला स्तरीय खुल्ला पुरुष डबल्स , जिल्ला स्तरीय ४०वर्षभन्दा माथि उमेर समूह पुरुष डबल्स, नगर स्तरीय खुल्ला पुरुष डबल्स र नगर स्तरीय जुनियर पुरुष डबल्स गरी ४ विधाका खेलहरू सञ्चालन हुने एकेडेमीका अध्यक्ष कुमार सापकोटाले जानकारी दिए।
कार्तिक ४ गते उद्घाटन भई ६ गते समापन हुने यस प्रतियोगितामा जिल्लाका पाँचपोखरी, हेलम्बु, चौतारा, बाह्रबिसे, सुनकोसी, बलेफी , इन्द्रावती, जुगल लगायतका पालिकाबाट खेलाडीहरूको सहभागिता हुनेछ ।