चाैतारा । नेकपा एमालेको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं १ (क) का उम्मेदवार डिबी लामा (युद्ध विक्रम तामाङ) को उम्मेदवारी खारेज गर्न सर्वोच्चमा रिट परेको छ।

लामासहित प्रतिनिधि सभा र प्रदेश सभाका ९ उम्मेदवारको उम्मेदवारी खारेज गर्न माग गर्दै अधिवक्ता अनिल आचार्य लगायतले रिट दायर गरेका हुन्।

एमालेले उम्मेदवार बनाएका सिन्धुपाल्चोकका डिबी तामाङ ज्यान मार्ने उद्योगमा प्रहरीको फरार सुचीमा रहेको रिटमा उल्लेख छ।

गएको स्थानीय तहको निर्वाचनमा सांघातिक आक्रमण गरेको भन्दै उनीविरुद्ध उजुरी परेको छ। प्रहरीले उनीसहित ६ जनालाई फरार सूचीमा राखेर मुद्दा दर्ता गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!