मेलम्ची । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा चुनावमा सिन्धुपाल्चाेक २ मा नेकपा एमाले लाई बिजयी गराउन निर्वाचन परिचालन कमिटि गठन भएकाे छ । डम्बर अर्यालकाे संयाेजकत्वमा कमिटि गठन भएकाे हाे ।

मेलम्चिमा आज बसेको एमालेका केन्द्रीय स्तरका नेताहरू सहितकाे बैठकले साे कमिटि गठन गरेकाे हाे । प्रतिनिधि सभाका उम्मेदवार शेर बहादुर तामाङ, प्रदेश सभा (क) र (ख) का उम्मेदवारहरु क्रमशः अमानसिं तामाङ एवम् हस्त पण्डितको जित सुनिश्चित गर्न निर्वाचन परिचालन कमिटी गठन गरेको नेकपा एमालेका एक नेताले जानकारी दिए ।

संयाेजकमा मेलम्ची नगरपालिकाका पुर्व प्रमुख एवम् नेकपा एमाले अनुशासन आयोगका केन्द्रिय सदस्य समेत रहेका अर्याल संगै सह संयोजकमा केन्द्रिय सल्लाहकार सदस्य कृष्णराज श्रेष्ठ रहेका छन ।

सचिवमा बिष्णुमणि आचार्य सहितको टोलि चयन गर्दै निर्वाचन केन्दृत विभिन्न योजनाहरु निर्णय समेत गरिएकाे नेता शेर बहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!