नवलपुर । बिकास र संमृद्वि प्राप्तिकाे लागि सरकारी तथा गैह्र सरकारी संस्था सँगकाे सहकार्य अपरिहार्य रहेकाे इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालले बताएका छन ।

सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्च काे २५ औं स्थापना दिवस, रजत जयन्ती तथा २४ औं बार्षिक साधारण सभा लाई सम्बाेधन गर्दै अध्यक्ष नेपालले बिकास र संमृद्विकाे यात्रा लाई ब्यबहारमा कार्यान्वयन गर्न गाउँपालिका आफैले मात्रै नसक्ने धारणा राखे । ‘गाउँपालिका एक्लैले बिकास निर्माणकाे काम गर्न स्राेत, साधन पर्याप्त हुँदैन । सरकारी तथा गैह्र सरकारी संस्था संग हात फिजाउन जरूरी छ’, नेपालले भने ।

‘गाउँपालिकाकाे बजेटले मात्र बिकासका सपनाहरू पूरा गर्न अपुग हुने हुँदा हामीले दाता निकायलाई अनुराेध गरेका छाैँ’, नेपालले थपे । कृषि, पशुपालन, महिला सशक्तिकरणकाे लागि गाउँपालिकाले ९ कराेड रूपैयाँ बिनियाेजन समेत गरेकाे उनले जानकारी दिए ।

आफुले शिक्षा र स्वास्थ्य लाई प्रमुख उद्देश्य बनाएका संघ संस्थाकाे खाेजी गरिरहेकाे जानकारी दिए । ‘हामी राष्ट्रिय स्तरकाे पत्र पत्रिका बाट अन्तर्राष्ट्रिय स्तरका गैह्र सरकारी संस्थालाई कृषि, पशुपालन र महिला सशक्तिकरणकाे लागि सहयाेग गर्न आव्हान गर्नेछाैँ’, नेपालले भने ।

सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्चले समुदायमा गरेका कामहरूकाे प्रशंसा गर्दै आगामी दिनमा पनि सकारात्मक कामहरूलाई प्राथमिकता दिएर काम गर्न सल्लाह समेत दिए । सबै क्षेत्रमा हात हालेर पहिचान नबन्ने भन्दै अध्यक्ष नेपालले कुनै एक क्षेत्रमा काम गरेर त्यसकाे पहिचान बनाउन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!