मेलम्ची । राष्ट्रिय प्रजातन्त्र पार्टि बाट सिन्धुपाल्चाेक प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेद्वार नरसिं श्रेष्ठ (गाेपाल) ले सबै उम्मेद्वार काे बिचमा आफु शेर भएकाे बताएका छन ।

‘सिन्धुपाल्चाेक २ मा उम्मेद्वार बनेका ब्यक्तिहरू बाघ हुँ भन्दै हिँडेकाे सुन्छु । उनिहरू बाघ हाे भने हामी शेर हाैँ’, श्रेष्ठले भने ।

मेलम्चीमा भएकाे क्षेत्रिय स्तरकाे कार्यकर्ता भेला लाई सम्बाेधन गर्दै उनले राप्रपा कुनै पनि हिसावले कमजाेर नभएकाे बताए । राप्रपामा सबै जना एकजुट भएकाे र यसपालि जित सुनिस्चित भएकाे उनले दावि गरे ।

‘राप्रपा जिवितै छ’, उनले भने ‘हाम्राे खटाइ र दाैडधुपमा कमि भयाे । एक भएकाे खण्डमा हाम्राे जित लाई कसैले राेक्न सक्दैन’ । केही दिनमै राप्रपाकाे घाेषणापत्र पनि सार्वजनिक हुने उनले बताए । धर्म संस्कृति जगेर्ना गरेर अघि बढ्न पनि राप्रपाकाे जित आवस्यक रहेकाे उनले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!