मेलम्ची । कार्तिक १ गते हेलम्बुबाट राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनावी घरदैलो कार्यक्रम शुरू हुने भएकाे छ ।

सिन्धुपाल्चाेक सभापती तथा सिन्धुपाल्चाेक २ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार माया गुरूङले सामाजिक सञ्जाल फेसबुक मार्फत साे जानकारी दिइन ।

‘म कार्तिक १ गतेबाट चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रम शुरु गर्दैछु । काठमाडौँ नजिकैको सबै भन्दा अग्लो चुचुरो आमा यांग्री अर्थात् सगरमाथा कि बहिनि पनि भन्ने गरिन्छ र पर्यटकीय हिसाबले पनि उत्कृस्ट गन्तब्य मानिन्छ। त्यहाँबाट नै आम नागरिकको घरदैलो पुग्ने सोच राखेकी छु’, उनले फेसबुकमा लेखेकि छिन ।

सिन्धुपाल्चोकका पवित्र भूमि हेलम्बु र यहाँ बस्ने पवित्र मानिसहरुलाई दर्शन गर्ने अभियान शुरु गर्ने उनले बताइन । ‘पवित्र देवीहरु आमायाङ्ग्री र पाल्चोकीमाईलाई सम्झेर यहाँहरुलाई भन्छु, म इमान्दारितापूर्वक काम गर्नेछु । सिन्धुपाल्चोकको विकास र यो देशको विकासका लागि समर्पित हुनेछु’, गुरूङ्ले थपिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!