काठमाण्डाै । मेलम्ची हेलम्बु क्षेत्रमा अरबाैँ बजेट ल्याउने नेपाली कांग्रेसका नेता तथा सिन्धुपाल्चाेक क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार माेहन बहादुर बस्नेतले बताएका छन ।

आइतवार सिन्धुपाल्चाेक – काठमाण्डाै सम्पर्क समिति द्वारा आयाेजित शुभकामना आदानप्रदान, चियापान तथा भेटघाट कार्यक्रम लाई सम्बाेधन गर्दै बस्नेतले हेलम्बु मेलम्ची क्षेत्रमा भत्किएका पुलहरू २ बर्षभित्र बनाउने, सिन्धुपाल्चाेक लाई फ्रि वाइफाइ जाेन बनाउने जस्ता याेजनाहरू अघि सारे ।

नेपाली काँग्रेसले यस क्षेत्रमा १५ साल देखि बिजय हाँसिल नगरेकाे भन्दै सिन्धु २ मा यश पटक खाता खाेल्ने दावि गरे । आफुले जितेमा ३ बर्ष भित्रमा १५ सडक बनाउने उनले बताए । बर्षमा सानाठुला गरि ५ सडक बनाउने र ३ बर्षमा १५ सडक बनाउने उनकाे दावि छ ।

भुकम्प, बाढी पहिराे पछि अझै पुननिर्माण हुन सकेकाे भन्दै उनले नाकाेते सम्मकाे पुल बनाउन म पहल गर्ने बताए । ‘मेलम्ची प्राथमिक अस्पताल लाई स्तरउन्नती गर्ने र यस क्षेत्रका जनताले स्मरण गर्न याेग्य बनाउँछु’, उनले भने ‘भिमटार देखि हेलम्बु सम्मका सबै फाँट लाई ५ बर्षभित्र सिँचाई गराएर छाड्छु’ ।

‘सिन्धुपाल्चाेकले काठमाण्डाै लाई पानीकाे प्यास मेट्छ भने त्यसबाट आउने लेभि बाट सिन्धु बासीलाई बिकासकाे प्यास मेटाउँछु’, बस्नेतले थपे । युवाहरू बिदेसिएकाे अवस्थामा स्थानिय तहमा बजेट पर्याप्त मात्रामा लगेर युवा स्वराेजगारकाे काम गर्ने उनले प्रतिवद्वता ब्यक्त गरे ।

सिन्धुपाल्चाेककाे हिमाली क्षेत्रमा आलु उत्पादन गरेर बिदेसमा ब्रान्ड गर्ने र त्यसबाट हजाराैँ लाई राेजगारी दिलाउने जस्ता याेजना उनले अघि सारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!