मेलम्ची । निर्वाचनको संघारमा जुन दल वा दलको नेताले जे बाेले पनि मेलम्ची नगरपालिकाकाे समग्र बिकासकाे नेतृत्व नगरपालिकाले गर्ने नगरप्रमुख आइतमान तामाङले बताएका छन ।

‘निर्वाचनको संघारमा कुन दल वा दलको नेताले के बोल्यो हामिलाइ सरोकार भएन यहाँको समग्र बिकासको नेतृत्व अब मेलम्ची नगरपालिकाले नै गर्नेछ भन्ने कुरा आम नगर बासीमा बिस्वस्त बनाउन चाहन्छु’, तामाङले भने ।

५ बर्ष भित्र आफ्नाे नेतृत्वमा मेलम्ची नगरपालिकाले मेलम्ची आसपासका सबै सडक संजालहरुको ब्यबस्थापन गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे । मेलम्ची नगर प्रमुखको रूपमा निर्बाचित भएपछी जोखिममा रहेका यस क्षेत्रका मुख्य बजार र सडकहरुको संरक्षणमा प्राथमिकताका साथ उल्लेख्य कामहरु भएकाे तामाङले फेसबुक मार्फत बताए ।

अब आफ्नाे र मेलम्ची नगरपालिकाको ध्यान बाढीले ध्वस्त बनाएको नवलपुर, तिपेनी भोताङ पक्की मोटरबाटो र मेलम्ची फट्टे दुबाचौर बांसखर्क मोटरबाटो निर्माणमा हुने तामाङले जानकारी दिए । ‘सोही अनुरुप मेलम्ची नगरपालिकाले दुइवटै पुल निर्माणका लागि कार्यपालिकाले आबस्यक निर्णय र पहल गरिसकेको यहाँहरु सबैलाई जानकारी गराउँदछु’, उनले जानकारी दिए ।

मेलम्ची खानेपानी आयोजनाको भबिस्य जोडिएको हेलम्बु राजमार्गको तालामाराङ खण्ड ,बाहुनेपाटी काउलेदोभान, मेलम्ची लगायत यस भेगको लाइफ लाइन सांखु फटकेशोर सडक कालोपत्रे तथा स्तरउन्नतीका लागि आबस्यक प्रक्रिया अघि बढाएको समेत नगरप्रमुख तामाङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!