
मेलम्ची । आफुले चुनावमा विजय हाँसिल गरेमा साँखु फट्केश्वर सुरुङ मार्ग निर्माण गर्ने सिन्धुपाल्चाेक क्षेत्र नं २ (ख) का नेकपा एमालेका उम्मेद्वार हस्त बहादुर पण्डितले बताएका छन ।
‘साँखु फट्केश्वर सुरुङ मार्ग निर्माण गर्नु मेरो पहिलो काम हुनेछ’, पण्डितले फेसबुक मार्फत भने । यश सुरूङ मार्गले काठमाडौ आवत जावत गर्ने समय बचत हुने उनले बताए ।
सुरूङ् निर्माण पश्चात् यस प्रदेशका मानिसहरुको बहुआयामिक ढङ्गले उन्नती र प्रगती हुने पण्डितकाे दावि छ ।