
मेलम्ची । अज्ञात समुहद्धारा मेलम्ची नगरपालिका वडा नम्बर ८ केउरानीको जलवाई देवि माध्यमिक विद्यालयको कार्यालय कोठा, कम्प्युटर ल्याब, स्टोर र लेखा शाखा तोडफोड भएको छ ।
मंगलबार राती अज्ञात समुहले विद्यालयमा रहेका डेस्क्टप कम्प्युटर ३२ थान, प्रीन्टर ३ थान, सोलार प्यानल युपिएस् १ थान, वाइफाई राउटर १ थान पुर्ण रुपमा क्षति हुनुका साथै कार्यलयको दराज फुटाई महत्वपुर्ण कागजात समेत नष्ट गरिदिएको शिक्षक सुबास गिरीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक उत्तम सिंह भण्डारीले घटना बारे थप अनुसन्धान भइरेहको जानकारी दिए ।