चौतारा । गठवन्धन दलको सिन्धुपाल्चोक जिल्ला प्रमुखहरुको बैठक सम्पन्न भएको छ । बैठकले गठबन्धन दलहरूको पक्षमा मतदान गर्न सिन्धुबासीहरूलाई संयुक्त अपिल गरेको छ ।

नेपाली कांग्रेस जिल्ला सभापती जंग बहादुर लामा, नेकपा माओवादी केन्द्र जिल्ला संयोजक गोविन्द पराजुली, नेकपा एकिकृत समाजवादी जिल्ला अध्यक्ष नवराज पौडेल र राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दिर्घबहादुर सुवेदीको संयुक्त बैठकले एकजुट भएर निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन अपिल गरेका हुन ।

नेपालको संविधान २०७२ ले परिकल्पना गरे अनुरुप राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानवअधिकार, बालिग मताधिकार, आर्वाधक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न वर्तमान चुनावी गठबन्धन दलहरु प्रतिवद्ध रहेको जारी गरिएको संयुक्त अपिलमा भनिएको छ ।

“२०७६ असारमा निर्माण भएको पाँच दलीय गठबन्धनको उद्देश्य मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्म विपरीत दुई दुई पटक गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटन लगायत तात्कालिन सरकार प्रमुखको अनेकौ स्वेच्छाचारी कदमहरुलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु रहेको कुरा जगजाहेर छ”, अपिलमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!