मेलम्ची । मुलुक बनाउन डाटा बेस हिसाबमा बाेल्नु आवस्यक रहेकाे सिन्धुपाल्चाेक २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार शेर बहादुर तामाङले बताएका छन ।

नेकपा एमालेका उम्मेद्वार तामाङले प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश (ख) को जनवर्गिय संगठनको भेला लाई मेलम्चीमा सम्वाेधन गर्दै आफुले सबै कुरा हरु मुलुक बनाउन डाटावेस हिसाबमा बोलेको बताए । नेपाली कांग्रेसका उम्मेद्वार माेहन बहादुर बस्नेतले सिन्धुपाल्चाेक लाई फ्रि वाइफाई बनाउने कुरा डाटा बेस हिसाबमा नभएकाे उनले बताए ।

बस्नेतले आफ्नाे प्रतिवद्वतामा वाइफाई फ्रि, मेलम्ची हेलम्बु क्षेत्रमा भत्किएका पुल बनाउने जस्ता याेजना अघि सारेका थिए । ‘बस्नेतले वाइफाई फ्री गर्न डाँडा डाँडा तार ताङ्दै हिड्ने रे । यदि जिल्ला वासिलाइ अर्थिक हिसाब मा सम्पन्नता बनाउने हो भने त टेलिकम बाट डाटा फ्री गरे भै गोनि’, तामाङले भने ।

एमालेकाे सरकारले टेलिकम बाट डाटा फ्री गर्न अभियान चाल्ने तामाङकाे भनाई छ । एमाले सरकारले किसानलाई मलकाे ब्यबस्था गरिदिएकाे समेत उनले दावि गरे । जिरोकिलो मेलम्ची सडक खण्ड चिल्लाे बनाउन आफुले पहल गरेकाे समेत उनकाे दावि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!