काठमाण्डाै । यश पटककाे निर्वाचनमा सिन्धुपाल्चाेक २ बाट कांग्रेसले बिजयी हाँसिल गर्ने नेपाली कांग्रेस मेलम्ची नगरपालिकाका सभापती वसन्त गुरूङले बताएका छन ।

नेपाली कांग्रेसले बिजय हाँसिल गरेपछि बाढी बाट आक्रन्त मेलम्चीकाे पुननिर्माण हुने उनले बताए । ‘बाढी बाट आक्रान्त भएकाे मेलम्चीलाई उठाउने हाे, सिँचाई गर्ने हाे, डाँडा काँडामा पर्यटक लैजाने हाे’, गुरूङ्ले प्रतिबद्वता ब्यक्त गरे ।

‘माेहन बहादुर बस्नेत जतिकाे नेता सिन्धु २ ले पाउँदा नागरिक खुसी भएका छन’, काठमाण्डाैमा बसाेबास गर्ने पार्टीका नेता कार्यकर्ताहरूसंगकाे अन्तरक्रिय कार्यक्रममा उनले भने ‘हिजाे राजा फाल्ने याे नेतृत्व, अहिलेकाे निरङ्कुस ओली शासन फाल्न पनि गठबन्धन भएकाे हाे’ ।

नेकपा एमालेका उम्मेद्वार शेर बहादुर तामाङले १० बर्ष शासन गर्दा केही गर्न नसकेकाे गुरूङ्ले बताए । ‘१० बर्ष सम्म चुप बस्ने ब्यक्ति अहिले कुन मुखले भाेट माग्न आएका छन’, उनले प्रस्न गरे ।

मेलम्ची हेलम्बु बाढी गएकाे बेला हेलिकप्टर बाट पहिलाे पटक राहात लैजाने प्रदेश (ख) का उम्मेदवार कृष्ण कुमार तामाङ भएकाे सभापती गुरूङले जानकारी दिए । ‘हामीमा दृढ संकल्प चाहियाे । जित सुनिस्चित छ’, उनले दावि गरे ।

‘माेहन बहादुर बस्नेतले काेचिङ ट्युसन पढाएकाे बाठाे मान्छे अहिले कम्युनिष्ट भएकाे छ’, उनले थपे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!