काठमाण्डाै । मंसिर ४ गते हुन गइरहेकाे निर्वाचनमा निस्वार्थ रूपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार माेहन बहादुर बस्नेत लाई सहयाेग गर्ने नेपाली कांग्रेसका नेता वंशलाल तामाङले प्रतिबद्वता ब्यक्त गरेका छन ।

आफु पनि प्रतिनिधिसभा सदस्य उम्मेदवारकाे लागि याेग्य रहेकाे र अन्तिम सम्म लडेकाे तामाङले बताए । अब टिकट एक जनाले पाइसकेपछि सबै नेताले पार्टीकाे निर्णय मान्नुपर्ने उनले धारणा राखे ।

‘हामी पुन एक पटक जनताकाे भविस्य निर्धारण गर्ने महायज्ञमा हाेमिएका छाैँ’, उनले भने । गठबन्धनले निर्वाचन अघि नै भावी प्रधानमन्त्रीकाे घाेषणा गरेर जानू जरूरी रहेकाे उनले बताए । ‘याे गठबन्धन अहिले मात्र हाे कि चुनाव पछि पनि हाे । जनतालाई आस्वासन दिनुपर्छ गठबन्धनले जितेपछि के कस्ता काम गर्छ’, काठमाण्डाैमा बसाेबास गर्ने पार्टीका नेता कार्यकर्ताहरूसंगकाे अन्तरक्रिय कार्यक्रम लाई सम्बाेधन गर्दै उनले भने ।

मेलम्चीमा कांग्रेसले नजितेकाे कारण बिकास हुन नसकेकाे उनले बताए । ‘अब सबै सरकार मिलेर काम गर्नु जरूरी छ । २ नं क्षेत्रमा माेहन बहादुर बस्नेतले जित्नु जरूरी छ । बिकास गर्न गठबन्धन जित्नु जरूरी छ’, तामाङले थपे ।

नेकपा एमालेले बिकासमा राजनितिकारण गरेकाे उनले बताए । आफु इन्द्रावती गाउँपालिकाकाे प्रमुख हुँदाकाे नेतृत्वमा गरेकाे काम पनि आफुले गरेकाे भनेर एमालेका उम्मेदवारले गलत प्रचार गरेकाे उनले बताएका छन ।

इन्द्रावती गाउँपालिकामा भएकाे पिच र मध्यपहाडी लाेकमार्गकाे पुल पनि हामीले गरेकाे भनेर एमालेका उम्मेदवारले राजनितिकरण गरेकाे उनकाे भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!