काठमाण्डाै । नेपाली कांग्रेसका नेता सिन्धुपाल्चाेक जिल्ला पुर्व सभापती बिकास लामाले नेपाली कांग्रेस अब एकजुट भएर जुर्मुराएकाे बताएका छन । नेपाली कांग्रेस जुर्मुराएपछि सिन्धुपाल्चाेक कांग्रेसमय भएकाे उनले दावि गरे ।

गठबन्धन जित्दा बिकास र स्थायित्व कायम हुने उनले बताए । काठमाण्डाैमा बसाेबास गर्ने पार्टीका नेता कार्यकर्ताहरूसंगकाे अन्तरक्रिय कार्यक्रम लाई सम्बाेधन गर्दै लामाले भने ‘नेकपा एमालेले पार्टीले गरेकाे कामकाे भन्दा पनि माेहन बस्नेत र अग्नि सापकाेटाले गरेकाे कामकाे प्रचार गरेर हिँडेका छन’

मंसिर ४ अब कसैले राेक्न नसक्ने उनले बताए । ‘माेहन बस्नेत जिताउने काम हाम्राे । पैसा लगेर बिकास गर्ने काम माेहन बस्नेतकाे’, लामाले भने ।

नेपाली कांग्रेस अब छिट्टै जनताकाे घरदैलाेमा जाने उनले बताए । कांग्रेस भित्र कुनै द्वन्द नभएकाे उनले जानकारी दिए । मंसिर ४ गते जितेपछि माेहन बस्नेत मन्त्री बन्ने पक्का भएकाे उनकाे दावि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!