काठमाण्डाै । संकटकाे बेला जनताकाे माझमा उभिन नसक्ने ब्यक्ति नेता हुन नसक्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चाेक २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार माेहन बहादुर बस्नेतले बताएका छन ।

मेलम्ची हेलम्बु बाढी, काेराेना महामारी, भुकम्प लगायतकाे बिपत्तिमा आफु सिन्धुपाल्चाेकका जनताकाे साथमा रहेर काम गरेकाे बस्नेतकाे दावि छ । नेपाली काँग्रेस क्षेत्र नं २ द्वारा आयाेजित काठमाण्डाैमा बसाेबास गर्ने पार्टीका नेता कार्यकर्ताहरूसंगकाे अन्तरक्रिय कार्यक्रमलाई सम्बाेधन गर्दै उनले सिन्धु २ का नेताहरूले जनतालाई बिपदमा के दिए भन्दै प्रस्न गरे ।

नेकपा एमाले बाट प्रतिनिधिसभा सदस्यकाे लागि उम्मेदवारी दिएका शेर बहादुर तामाङ र आफुलाई तुलना गर्दै उनले प्रस्न गरे : मेलम्चीमा पुगेर एमाले नेता शेर बहादुर जीले राहात बाँड्नुभयाे कि मैले बाँडेँ ? हेलम्बुमा बाढी पछि खान नपाएका लाई राहात दिन काे पुग्याे ?

नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा बाढी गएकाे २५ दिनपछि मेलम्ची गएर ५० हजारकाे आस्वासन दिए पनि अहिले सम्म कुनै रकम जनताले पाउन नसकेकाे उनले बताए । ‘म गएर २५ हजारकाे दरले राहा बाँडेर आएँ । हेलम्बु बाढी, पहिराे र काेराेनाकाे समयमा समीर तामाङकाे जन्म भयाे । याे चुनावकाे अभियानले सयाैँ युवा नेता जन्माउँछ’, बस्नेतले थपे ।

हेलम्बुकाे राताे पुल कांग्रेसकाे नेतृत्वमा बनेकाे भन्दै उनले भने ‘मेराे नेतृत्वमा घर कसरी बनाउने, नदिमा कसरी तटबन्ध लगाउने भन्ने काम गरेर देखाउँछु’ । ‘चुनाव जितेकाे २ बर्षभित्र ४ वटा पुल बनाउन सकिनँ भने राजनिति गर्दिनँ’, बस्नेतले कसम खाए ।

मेलम्चीकाे अस्पताल आफु राज्यमन्त्री हुँदा बनाएकाे भन्दै उनले भने ‘५ बर्षमा यश क्षेत्रकाे १५ सडक कालाेपत्रे र आरसिसि ढलान गर्दिन्छाैँ’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!