
हेलम्बु । नेकपा एमालेका नेता तथा सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शेर बहादुर तामाङले मेलम्ची देखि तिम्बु सम्म कालोपत्रे हुने बताएका छन ।
“बाढिले गर्दा केहि समय लाग्यो समस्या रह्यो अब छिटै मेलम्ची देखि तिम्बु सम्म कालोपत्रे हुन्छ ” नेकपा एमाले हेलम्बु गाउँ कमिटिद्वारा आयोजित पालिका स्तरीय भेलालाई सम्बोधन गर्दै उनले भने । नेकपा एमालेले जनताको मन जिति सकेको उनले बताए । “हेलम्बुले हस्त पण्डित लाइ जिटाएर पठाउने काम गर्नुस, निर्णय गर्ने ठाउँमा आफै भएकाले मन्त्री बनाउने जिम्मेवारी मेरो भयो”, उनले भने ।
मेलम्ची खानेपानी काठमाडौ लगेबापत सिन्धुपाल्चोक बासीले पाउने लेविको बिषयमा धेरै कुराहरु एठेको उनले बताए । सिन्धुपाल्चोकले लेवि वापतको रकम पाएपछि यस क्षेत्रको मुहार फेरिने उनको भनाई थियो ।
नेपाली कांग्रेस बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहन बहादुर बस्नेत लाइ प्रश्न गर्दै उनले भने “अहिले सम्म जुरे पहिरो पोडित लाइ के गर्नु भयो र यो क्षेत्रमा आएर विकास गर्छु भन्नु हुन्छ” ? ।
कार्यक्रममा नेताहरु डम्बर अर्याल, हस्त पण्डित, दावा लामा, गङ्गा अर्याल लगायतको उपस्थिति रहेको थियो ।