काठमाण्डाै । नेपाली कांग्रेसका युवा नेता एवम् बाग्मती प्रदेशका सदस्य कुमार दुलालले सिन्धुपाल्चाेक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ का सांसद शेर बहादुर तामाङ लाई लाइभ डिबेटमा आउन चुनौती दिएका छन ।

‘म शेर बहादुर तामाङलाई चुनाैती दिन्छु । १० बर्षमा के के काम गर्नुभयाे र फेरि पनि जनताकाे घरदैलाेमा मत माग्न आउदै हुनुहुन्छ’ ? नेपाली काँग्रेस क्षेत्र नं २ द्वारा आयाेजित काठमाण्डाैमा बसाेबास गर्ने पार्टीका नेता कार्यकर्ताहरू संगकाे अन्तरक्रिय कार्यक्रममा मन्तब्य राख्दै दुलालले प्रस्न गरे ।

नेकपा एमालेका तर्फबाट बारम्बार यश क्षेत्रमा चुनाव जितेर पनि बिकासमा कुनै भुमिका नखेलेकाे उनले आराेप लगाए । जनतालाई भ्रमको खेती गर्दै, झुकाउदै नहिँड्न पनि उनले सुझाव दिए ।

‘आफ्नो कार्यकालमा के के बिकास गरेको छ भन्ने प्रस्न गर्दै जनताको बिचमा आएर लाइभ डिबेड गर्न म उहाँलाई चुनौती दिन्छु’, दुलालले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!