सिन्धुपाल्चाेक । नेकपा एमालेले एकैदिन जिल्लाकाे १०३ वटै वडामा सम्पर्क कार्यालय स्थापना गरेकाे छ ।

उस्तै उर्जा र उत्साहका साथ नेकपा एमाले अघि बढेकाे सिन्धुपाल्चाेक २ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार शेर बहादुर तामाङले फेसबुक मार्फत जानकारी दिए ।

‘सिन्धुपाल्चोकको निर्बाचन परिचालन कमिटी गठन तथा कार्यालय स्थापना १०३ वटै वडामा सम्पन्न भयो’, तामाङले भने । तामाङले शुक्रबार बिहान क्षेत्र नं २ काे मेलम्ची नगरपालिका वडा नं १ काे निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन गर्दै बेलुका ९ बजे इन्द्रावती गाउँपालिका वडा नं ११ मा उद्वाघन गरेका थिए ।

यसैबिच तामाङले घरदैलाे अभियान र पार्टिका कार्यकर्ता भेटघाट कार्यक्रमलाई तिब्रता दिँदै आएका छन । शनिवार बिहान काठमाण्डाैकाे ए वान पार्टी प्यालेसमा मतदाता भेटघाट कार्यक्रम राखिएकाे तामाङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!