चाैतारा । राप्रपाका बरिष्ठ नेता पशुपति शम्सेर राणाले पार्टीलाई तेस्रो शक्ति बनाउने दृढता ब्यक्त गरेका छन् ।

राप्रपा क्षेत्र नं. १ द्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै बेला तेस्रो शक्तिमा पुगेको पार्टीलाई त्यही अबस्थामा पर्काउने उद्घोष पनि गरे । राप्रपा यो चुनावमा चौथो शक्ति बन्ने देखिए पनि त्यतिले चित्त नबुझाउने उनको भनाइ छ ।

राप्रपा सानो भन्नेहरुलाई योपटक चुनौती पेश गर्ने उनले चेतावनी दिए । योपटक राप्रपाले फड्को मार्ने देखिएको भन्दै राणाले सबैको मेहनतले राप्रपा पुरानै ठाउँ तेस्रो स्थानमा पुग्ने भनाइ राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!