चाैतारा । सत्ता गठबन्धनका साझा उम्मेदवारहरु सदरमुकाम चौतारामा शुक्रबार एकसाथ एउटै ब्यानरमूनि देखिए । बाम–लोकतान्त्रिक गठबन्धनको एकतालाई अझै बलियो बनाउने उद्घोष गर्दै उम्मेदवारहरुले गठबन्धन गर्नुको कारणबारे आ–आफ्ना नेता, कार्यकर्तालाई स्पष्ट बताए ।

कांग्रेस–माओवादीका उम्मेदवाहरु जिल्लामा पहिलो पटक एकैसाथ देखिएका हुन् । गठबन्धनमा आवद्ध दलका नगर समितिले संयूक्त अगुवा कार्यकर्ता भेला आयोजना गरेका थिए । सिन्धुपाल्चोकमा कुनै सिट नपाएका एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरु पनि मञ्चमा देखिए ।

प्रतिनिधि सभा क्षेत्र नं. १ उम्मेदवार माधव सापकोटा (सुवोध), क्षेत्र नं. २ का उम्मेदवार मोहनबहादुर बस्नेत, क्षेत्र नं. १ (ख) प्रदेशका उम्मेदवार सरल सहयात्री पौडेल, क्षेत्र नं. २ (ख) का उम्मेदवार युवराज दुलाल कार्यक्रममा सहभागि थिए ।

कांग्रेस केन्द्रीय सदस्य बस्नेतले नै गठबन्धनको औचित्य प्रष्ट पार्दै कांग्रेस सिन्धुपाल्चोकमा गठबन्धनमा इमान्दार बनेको इतिहास रहेको सुनाए । गठबन्धन परिवार भएको बताउँदै उनले यसलाई एक बनाएर लैजान आफूले भूमिका खेल्ने प्रतिवद्धता जनाए ।

माओवादी उम्मेदवारत्रय सुवोध, सरल र शरदले गठबन्धन राजनीतिक स्थिरता, संविधान रक्षा र मुलुक समृद्धिका लागि भएको बताउँदै गठबन्धनका सबै ६ उम्मेदवारको विजय सुनिश्चित रहेको दाबी गरे । सत्ता गठबन्धनको एकघटक एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुवास कर्माचार्यले साझा उम्मेदवारहरुलाई ढाडस दिँदै आफ्नो पार्टीको बलियो साथ रहने प्रतिवद्धता जनाए ।

सिन्धुखवरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!