मेलम्ची । आगलागी पिडितहरूका लागि राहत सहयाेग संकलन अभियान सुरू भएकाे छ । मेलम्ची स्थानिय आगलागी पिडित सहयाेग समितिले साे सहयाेग संकलन सुरू गरेकाे हाे ।

गएराती मेलम्ची बजारकाे हेलम्बु बसपार्क स्थित ब्यबसाय गर्ने हरिशरण श्रेष्ठ, मेघनाथ गौतम र सुनिल केसिको सबै पसल पुर्ण क्षती भएको थियाे । आज बिहान मेलम्ची बजारका स्थानिय संघ सस्था, युवा क्लब, सहकारी संस्था, राजनीतिक दलहरु र स्थानीय समाजसेवीको संयुक्त पहलमा राहत संकलन तथा सहयोग समिती गठन भएकाे समाजसेवी सागर कुमार श्रेष्ठले जानकारी दिए ।

लक्ष्मीपुजाको दिन मध्यरातमा भीषण आगलागी हुँदा मेलम्चीको हेलम्बु बसपार्कमा रहेको बिजि बेकरी, मेलम्ची किराना पसल र एक होटल जलेर नष्ट भएको हो । आगलागीमा परि १ करोड ९४ लाख ७७ हजार बराबरको सामान जलेर नष्ट भएको थियाे ।

एकै घरको ६ सटरमा ३ वटा पसल सञ्चालनमा रहेका थिए । आगलागी हुँदा १ करोड ५० लाख बराबरको घर समेत जलेको छ । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिन नसकेपछी पाँचखाल नगरपालीकाको दमकलको सहायतामा आगलागी नियन्त्रणमा आएको थियो ।

अभियान मेलम्चीमा आजबाट सुरू भएकाे र आवश्यक सहयोगका निम्ति देस बिदेशमा बस्ने मानबीय भावना भएका सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुलाइ अभियान्ता श्रेष्ठले हार्दिक अपिल गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!