काठमाण्डाैँ । राष्ट्रीय प्रजातन्त्र पार्टीका प्रभावशाली नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आज एक कार्यक्रमका बिच नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार मोहन बहादुर बस्नेतले पार्टीमा स्वागत गरेका हुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चाेक क्षेत्र नं २ का पुर्व क्षेत्रीय अध्यक्ष फणीन्द्र दाहाल, नेकपा एमालेका नेता ध्रूव तिवारी, राप्रपा जिल्ला सदस्य योगेन्द्र सिग्देल, राप्रपा जिल्ला सदस्य दिपक थापा, राप्रपा जिल्ला सदस्य राजन धिताल, राप्रपा जिल्ला सदस्य सुरथ घले, राप्रपा मेलम्ची नगर कमिटी उपाध्यक्ष टेक बहादुर तामाङ, राप्रपा युवा नेता अनिल सापकोटा, राप्रपा युवा नेता अनिल चौलागाईं लगायतका नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेस पार्टी प्रवेश गरेका हुन ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली काग्रेस निःवर्तमान केन्द्रिय सदस्य पुर्व गृहराज्य मन्त्री बिष्णु बिक्रम थापा, नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला महाधिवेशन प्रतिनिधि हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ प्रदेश सभा “ख“ का उमेदवार कृष्ण कुमार तामाङ (समीर), नेपाली काङ्ग्रेस मेलम्ची नगरपालिकाका नेता एवम् ट्रेड युनियन काङ्ग्रेस बाग्मती प्रदेश सहसचिव प्रकाश दाहाल लगायत विभिन्न तह र तप्काका नेताहरुको उपस्थिति रहेकाे थियाे ।

आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन हरसम्भव प्रयास गर्ने नवप्रवेशीहरूले बताए । पार्टीमा सबैलाई सुहाउँदो पद र जिम्मेवारी दिने कांग्रेस नेता बस्नेतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!