मेलम्ची । नेपाली कांग्रेस सिन्धुपाल्चाेक क्षेत्र नं २ का क्षेत्रिय सभापती आइतमान तामाङले समुहगतको राजनीति प्रति आफ्नाे विशेष ध्यानाकर्षण भएकाे जनाएका छन ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत साे ध्यानाकर्षण भएकाे जनाएका हुन । उनले फेसबुकमा लेखेका छन, ‘समुहगतको राजनीति प्रति विशेष ध्यानाकर्षण’ ।

आज राप्रपा पार्टी परित्याग गरि पुर्व क्षेत्रिय सभापती समेत रहेका फणिन्द्र दाहाल सहितका नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उक्त कार्यक्रममा क्षेत्रिय सभापती तामाङलाई समेत जानकारी नदिइएकाे उनी निकट एक नेताले बताए ।

‘पार्टी प्रवेश कार्यक्रममा समेत गुटगत भयाे’, तामाङ निकट एक नेताले भने । पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता माेहन बहादुर बस्नेतले एकलाैटी ढंगमा पार्टी चलाउन खाेजेकाे र अरूलाई बेवास्ता गरेकाे ती नेताकाे भनाई छ । क्षेत्रिय सभापतीकाे उपस्थिति बिना प्रवेश गराईएकाे प्रति उनिहरूले असन्तुष्टि ब्यक्त गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!