मेलम्ची । सिन्धुपाल्चाेक जिल्लाकाे पाँचपोखरी थाङपाल गाउँपालिकाबाट राप्रपा परित्याग गरी दर्जनौ युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन।

नेपाली कांग्रेसका प्रभावशाली नेता माेहन बहादुर बस्नेत सिन्धुपाल्चाेक २ बाट चुनाव आएसंगै अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्ने युवाहरू बढेकाे पुर्व केन्द्रीय सदस्य बिष्णु बिक्रम थापाले बताए । केही दिन अघिमात्रै राप्रपाका पुर्व क्षेत्रिय सभापती सहित प्रभावशाली नेताहरू कांग्रेसमा आएकाे उनले बताए ।

नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा पूर्व गृह राज्यमन्त्री बिष्णु बिक्रम थापा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय सभापति आइतमान तामाङले उनिहरूलाई कांग्रेसमा स्वागत गरेका हुन । ‘बिकासप्रेमी नेता माेहन बहादुर बस्नेत हाम्राे क्षेत्रमा आउनुभएकाे छ, उहाँलाई जिताउन पनि हामी कांग्रेसमा आएका हाैँ’, एक नवप्रवेशीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!