ज्यामिरे । चुनाव जिताएर पठाएकाे नेताले १० बर्षसम्म केही नगर्दा सिन्धुपाल्चाेक क्षेत्र नं २ का जनताकाे मन खिन्न भएकाे नेपाली कांग्रेसका नेता तथा इन्द्रावती गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङले बताएका छन ।

‘यश क्षेत्रबाट निर्वाचित शेर बहादुर तामाङले २०७४ मा चुनाव जितेर केही गर्नुभएन, तपाईहरूकाे मन खिन्न भयाे हाेला कस्ताे उम्मेद्वार लाई बिजय गरायाैँ भनेर’, लाेकतान्त्रिक बाम गठबन्धन मेलम्ची ९ द्वारा आयाेजित आमसभा लाई सम्बाेधन गर्दै तामाङले भने ।

एमाले नेता शेर बहादुर तामाङले चुनाव जितेकाे १० बर्ष सम्ममा केही उपलब्धि हाँसिल गर्न नसकेकाे उनले आराेप लगाए । जनताकाे सुख दुखमा साथ दिन नसकेकाे समेत उनले बताए ।

नेपाली कांग्रेस पार्टीले सिन्धुपाल्चाेक २ मा सक्षम उम्मेद्वार उठाएकाे वंशलाल तामाङले दावि गरे । यश क्षेत्रमा अरबाैँकाे याेजनाकाे लागि माेहन बस्नेत काफि भएकाे समेत उनले दावि गरे ।

नेपालमा अब राजनितिक लडाई सकिएकाे नेता तामाङले बताए । अबकाे लडाई समृद्विकाे लडाई भएकाे उनकाे भनाई छ । ‘कांग्रेसकाे सरकार आएमा ३ बर्ष सम्मकाे नानी र ७३ बर्ष माथीका सबैले निशुल्क उपचार पाउने छ’, तामाङले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!