नवलपुर । स्वास्थ्यमा राजनिति गरेकाे भन्दै इन्द्रावती गाउँपालिका ५ का स्थानियले इन्द्रावती गाउँपालिका घेराउ गरेका छन ।

सिन्धुपाल्चोक जिल्लाकाे इन्द्रावती गाउँपालिकामा बिगत छ महिनादेखि एम्बुलेन्स चालक छैन। पुरानो एम्बुलेन्स चालकलाई नयाँ स्थानीय सरकार आएपछि बर्खास्त गरेकाे थियाे । हालसम्म पालिकाले एम्बुलेन्स चालक नियुक्त गर्न सकेकाे छैन ।

मंगलवार राती इन्द्रावती ५ सुर्यकाेट निवासी अन्दाजी ६८ बर्षिय चन्द्रकुमारी भुजेलले आफ्नै जेठो छाेराे अन्दाजी ४० बर्षका रमेश भुजेललाई ज्यान लिने गरि शरिरका दर्जनौं ठाउँमा खुकुरी प्रहार गरि हत्या प्रयास गरिन् । उपचारका लागि ल्याउन एम्बुलेन्सको चालक नभएपछि आक्रोसित स्थानिय पालिकमा ताला लगाउन गएका छन ।

गाउँपालिकामा रहेको एम्बुलेन्स लाई थन्काएर राखिएको र चालक नियुक्ति नगरिएकाे स्थानियवासीकाे भनाई छ । पहिलाको चालकलाई हटाई नयां लाई नियुक्ति नगरिएकोले चालक नहुँदा विरामी बाेक्न एम्बुलेन्स नपाईएकाे स्थानिय सुवास कटुवालले बताए । हाल रमेश भुजेलकाे नवलपुर अस्पतालमा उपचार भइरहेको छ ।

‘पालिकामा रहेको एम्बुलेन्स लाई थान्को लगाएर गाउँपालिका अध्यक्षले गाउँपालिका बासीको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा खेलवाड गरे’, सुवासले भने । सत्ता परिवर्तन हुँदा आफ्नाे पार्टी लाई असर पर्छ भनी चालक लगायतका कर्मचारी हरूको प्रक्रिया लाई महिनौ सम्म रोकेकाे उनिहरूकाे भनाई छ । हालसम्म एम्बुलेन्स चालक नियुक्ति गर्न नसकेकाे भन्दै सुर्यकोटबासीले पालिका अध्यक्षको राजीनामा समेत माग गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!