नवलपुर । इन्द्रावती गाउँपालिका र प्रभावितविच सहमति भएकाे छ ।

जति सक्दाे चाँडाे एम्बुलेन्स चालक नियुक्ति गर्ने, भाेलीबाट एम्बुलेन्स निरन्तर सञ्चालन गर्ने, घाइतेकाे उपचारमा गाउँपालिकाले सहयाेग गर्ने, घाइतेकाे बालबच्चालाई पठनपाठनमा सहयाेग गर्ने जस्ता कुराहरूमा गाउँपालिकाले प्रतिवद्वता जनाएकाे गाउँपालिकाका प्रेश सल्लाहकार सुनिल तामाङले बताए ।

इन्द्रावति गाउँपालिका वडा नम्बर ५ मा आफ्नै आमाले छाेरालाई खुकुरी प्रहार गरेकाे घटना पस्चात गाउँपालिकामा प्रदर्शन भएकाे थियाे । एम्बुलेन्स चालक नभएकाे भन्दै इन्द्रावती गाउँपालिका ५ वासीले प्रदर्शन गरेका थिए ।

मंगलवार राती इन्द्रावती ५ सुर्यकाेट निवासी अन्दाजी ६८ बर्षिय चन्द्रकुमारी भुजेलले आफ्नै जेठो छाेराे अन्दाजी ४० बर्षका रमेश भुजेललाई ज्यान लिने गरि शरिरका दर्जनौं ठाउँमा खुकुरी प्रहार गरि हत्या प्रयास गरेकि थिईन ।

उपचारका लागि अस्पताल लैजान एम्बुलेन्सको चालक नभएपछि आक्रोसित स्थानिय पालिकमा ताला लगाउन गएका थिए । गाउँपालिकामा रहेको एम्बुलेन्स लाई थन्काएर राखिएको र चालक नियुक्ति नगरिएकाे भन्दै स्थानियवासीले प्रदर्शन गरेका थिए ।

आज बिहानदेखि दिनभरजसाे प्रदर्शन भएकाे थियाे । स्थानियले नारावाजि सहित गांउपालिका परीसरमा गरेकाे प्रदर्शन पछि स्थानिय र गाउँपालिका विच सहमति भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!