मेलम्ची । गत बर्ष असारमा आएकाे बाढिका कारण क्षति भएकाे मेलम्चीको माेटरेबल पुल सञ्चालनका लागि सर्वेक्षण गरीएकाे छ । उक्त पुल भएकाे ठांउमा बेलिब्रिज निर्माण गर्ने तयारी भएकाे प्रदेश सांसद कृष्ण कुमार तामाङले बताए ।

६० मिटर लम्बाई रहेकाे साे पुलकाे चाैडाई ५ दशमलव ६० मिटर रहेकाे छ । हिंउदकाे समयमा अस्थायी रूपमा ह्युम पाईप राखेर यातायातकाे साधन संचालन भएपनि बर्षायाममा भने नागरीकले सास्ति भाेग्दै आएका छन् ।

२०७९ सालकाे प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आम नागरीक समक्ष गरेकाे बाचा पुरा गर्ने समय आएकाे सांसद माेहन बहादुर बस्नेतले बताए । उनले जेठ मसान्तसम्ममा साे स्थानमा बेलिब्रिज निर्माण गरीसक्ने बताएका थिए ।

पक्कि पुल बाढिले बगाएपछि मेलम्ची नगरपालिका, ईन्द्रावति गाउँपालिका र पांचपाेखरी थाङ्पाल गाउँपालिकाका नागरीकले सास्ति भाेग्दै आईरहेका थिए । पुल बन्ने सुन्दा पनि आनन्दकाे महसुस हुने मेलम्ची ९ का राजन पुरीले बताए ।

साे पुल बन्दा मेलम्ची, ईन्द्रावति र पांचपाेखरी गाउँपालिकाका नागरीक लाभान्वित हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!