बाह्रविसे । अरनिको मार्ग स्तरोन्नतिका लागि प्राबिधिक टाेलीसहित सांसद माेहन बहादुर बस्नेत अनुगमनमा पुगेका छन । बाह्रविसे देखि ताताेपानीसम्मकाे सडक अनुगमन गर्न बस्नेतकाे टाेली अरनिकाे मार्ग पुगेकाे हाे ।

चीनसंंग जोडिएको तातोपानी नाका जोड्ने अरनिको मार्ग स्तरोन्नतिका लागि प्राबिधिक टाेलीसहित बस्नेत अनुगमनमा गएकाे सचिवालयले जनाएकाे छ । बस्नेतले निर्वाचित भएदेखि नै बिकास निर्माणका काम गर्नुपर्ने ठांउकाे अनुगमन गर्दै आएका छन ।

अनुगमनमा प्रदेश सांसद मसिना खड्का, बाह्रविसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, प्राविधिक लगायतकाे उपस्थिति रहेकाे थियाे । यसअघि बस्नेतले मेलम्चीमा बेलिबृज निर्माणकाे लागि प्राविधिक टाेलि सहित अनुगमन गराएका थिए । जेठ मसान्त अघि नै साे पुल निर्माण सम्पन्न हुने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!