नवलपुर । इन्द्रावती गाउँपालिकाले एकल पुरूषहरुका लागी दिने भत्ता भुक्तानी गरेको छ । स्थानीय समन्वय समितिको निर्णयपछि ६० वर्ष माथिका असहाय एकल पुरूष भत्ता पाउन योग्य हो भनी वडा कार्यालयबाट सिफारिस भएका लाभग्राहीहरूको भत्ता रकम सम्बन्धित बैंक खातामा पठाइएको गाउँपालिकाले सुचना मार्फत जानकारी गराइएको छ ।

आ.व. २०७९÷८० को नीति तथा कार्यक्रम समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरू गरिएको गाउँपालिकाले यस अधि नै निर्णय गरिसकेको छ ।

भत्ता रकम लाभग्राहीहरूको सम्बन्धित बैंक खातामा पठाइसकेकोले सम्पुर्णमा वडा मार्फत पनि जानकारी गराउन गाउँपलिकामार्फत प्रकाशित सुचनामा भनिएको छ । सुचनामा एकल पुरुष भत्ता पाउने ६१ जना लाभग्राहीहरुको नाम समाबेस गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!