हेलम्बु । हेलम्बु गाँउपालिका निवासी न्यू हेलम्बु सप्लायर्सका प्रोपाइटर, व्यवसायी एबम हेलम्बु हेल्पिङ टिमका अध्यक्ष दिनेश थापाले आफ्नो जन्मदिनको उपलक्ष्यमा हेलम्बुको एक विद्यालय तथा त्यहाँका विद्यार्थी ४० जनाको लागी स्टेसनरी वितरण गरेका छन ।

बाढी प्रभावित हेलम्बु ४ को इष्ट प्वाईन्ट एकेडेमी विद्यालय पुनः निर्माणमा रु पचास हजार हस्तान्तरण गरेका हुन । साथै उनले जेहेन्दार बिद्यार्थी ४० जनाको लागी स्टेसनरी वितरण गरेकाे प्रधानाध्यापक दामोदर भारतीले जानकारी दिए ।

भारतीले जन्मदिनको अवसरमा शुभकामना सहित आभार प्रकट गरे । थापा आफैँ पनि बाढी प्रभावित छन ।
यस्ता सहयोग हेलम्बुको शैक्षिक उन्ननयनमा कोसेढुङ्गा साबित हुने प्रधानाध्यापक भारतीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!