नवलपुर । इन्द्रावती गाउँपालिकाकाे दाेस्राे गाउँसभाकाे तेस्राे हिउँदे अधिवेशन सम्पन्न भएकाे छ । सभा बाट ९ विद्येयक पारित भएका छन ।

गाउँ सभामा चालू आर्थिक बर्ष २०७९-०८० को अर्ध बार्षिक समिक्षा प्रगति प्रतिबेदन माथी छ्लफल हुनुका साथै नौ ओटा बिद्येयक पारित भएको हाे ।

पुर्वाधार विद्येयक २०७९, वन विद्येयक २०७९, बालबालिका विद्येयक २०७९, विपद ब्यबस्थापन ऐनकाे पहिलाे संशाेधन गर्न बनेकाे केही केही नेपाल कानुन संशाेधन गर्न वनेकाे विद्येयक २०७९, पशुपंक्षि वधशाला २०७९, कृषि तथा पशुपंक्षि विद्येयक २०७९, जलस्राेत विद्येयक २०७९, नगर प्रहरी संचालन विद्येयक २०७९ र स्थानिय युवा परिषद विद्येयक २०७९ पारित भएकाे हाे ।

विद्यायन समितिका संयाेजक तथा इन्द्रावती गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष बाबुराम लामाले ९ विद्येयक टेवुल गरेका थिए ।

त्यस्तै बिनियोजन ऐन २०७९ माथि दोस्रो संसोधन गर्न बनेको बिद्येयक २०७९ र आर्थिक ऐन २०७९ माथी दोस्रो संसोधन गर्न बनेको बिद्येयक २०७९ पनि पारित भएको छ । उपाध्यक्ष शाेभना तामाङ ले साे विद्येयक प्रस्तुत गरेकि थिइन ।

गाउँपालिका अध्यक्ष झम्क नेपालको अध्यक्षतामा सम्पन्न गाउँ सभामा गाउँपालिका उपाध्यक्ष शोभना तामाङ प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा, १२ वटै वडका अध्यक्ष, कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु, पत्रकारहरु लगायतको सहभागीतामा रहेकाे थियाे ।

यसअघि गाउँ कार्यपालिका बाट १९ कार्यविधि समेत पास भइसकेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!