नवलपुर । इन्द्रावती नयाँपानी एकिकृत कृषि सहकारी संस्था लिमिटेडको १९ औं साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभामा सहकारी संस्थाले संस्था मार्फत दुध बेच्ने किसानहरुलाई सम्मानका साथै प्रोत्साहन पनि गरेको छ । सहकारी मार्फत ३ हजार लिटरभन्दा बढी दुध बेच्ने किसानहरुलाई सम्मान गरिनुका साथै नगद रु ५ हजार प्रोत्साहन स्वरुप उपलब्ध गराएको हो । यसका साथै जेष्ठ सदस्यलाई समेत सहकारीले सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी इन्द्रावती गाउँपालीकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले आगामी दिनमा कृषि एम्बुलेन्सको अवधारणा अघि सार्नुपर्नेमा जोड दिएका छन । सामुहिक खेती प्रणालीको अवधारणा लागु गर्न सकेमा थप आम्दानी गर्न सकिने उनले बताए । उत्पादित सामानको बजारीकरणमा पनि पहल गर्ने बेला भएकाले अब बजारको व्यावस्थापन तर्फ जोड दिनुपर्ने र पालिकाले यी सबै विषयमा सक्दो पहल गर्ने उनकाे भनाई छ ।

सहकारी मार्फत दुध बिक्री गर्ने रुद्रप्रसाद आचार्य, कुमार आचार्य, प्रभाकर कट्टेल, कुमार कट्टेल, कमल सापकोटा, कृष्ण बहादुर दाहाल, मछिन्द्र आचार्य गरी सात जना किसानलाई नगद प्रोत्साहन सहित सम्मान गरेको सहकारीका सचीव भुगोलनाथ आचार्यले जानकारी दिए । यसका साथै सहकारीका जेष्ठ सदस्य तथा पुर्व गाविस अध्यक्ष रत्नप्रसाद आचार्यलाई सम्मान गरीएको उनले बताए ।

कार्यक्रम सहकारीका अध्यक्ष माधव आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!