चाैतारा । सिन्धुपाल्चोकको बलेफी गाँउपालिका ५ को माथिल्लो बजार बस्ने शेर बहादुर श्रेष्ठको भर्याङबाट लडेर ज्यान गएको छ । श्रीमती केशरी श्रेष्ठ आफ्नै घरको सिलिङमा भएको पंखा झुण्ड्याउने डण्डीमा तन्नाको पासो लगाई झुण्डीएको अवस्थामा हेर्न जाँदा श्रेष्ठको ज्यान गएको हो ।

श्रीमतीलाई के भयो भनि हेर्न माथिल्लो तल्लाबाट एक्कासी तल झर्दा निजको ज्यान गएको हो । सिढीबाट लडी गम्भिर घाईते भएकोमा उपचारको क्रममा श्रेष्ठको मृत्यु भएको हो ।

साथै झुण्डीएर आत्महत्या प्रयास गर्ने श्रीमती केशरी श्रेष्ठको हाल धुलिखेल अस्पतालमा उपचार भईरहेको र निजको अवस्था समेत गम्भिर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!