चाैतारा । बाह्रविसे २ डाँडा टोलमा कुटपिटका कारण एक पुरुषको ज्यान गएको छ । बाह्रबिसे २ डाडाँ टोल बस्ने वर्ष २९ को मिन बहादुर तामाङको ज्यान गएको हो ।

मृतक तामाङले मादक पदार्थ सेवन गरी पौष ४ गते सोही ठाँउमा बस्ने १८ बर्षिय पासाङ लामा शेर्पालाई अस्लिल शब्द प्रयोग गरी गालि गरेको विषयलाई लिएर पासाङ लामा शेर्पा र निजको श्रीमान राजु लामा तामाङले गम्भिर घाईते हुने गरि कुटपिट गरेका थिए ।

घाईतेको उपचारको क्रममा आज बिहान ०४ः३० बजेको समयमा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कुटपिटमा संलग्न पासाङ लामा शेर्पा र निजको श्रीमान राजु लामा तामाङलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय वाह्रविसेमा राखि थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!