
चाैतारा । सिन्धुपाल्चोक जिल्लाकाे बाह्रविसे ५ खोराङ्ग दोभानस्थित भोटेकोशी नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी रहेको अवस्थामा स्काभेक्टर र टिपर नियन्त्रणमा लिईएको छ ।
ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरी टोलीले खोराङ्ग दोभान स्थित भोटेकोशी नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी रहेको अवस्थामा बा २ क ५५४६ नं. को चेनवाला स्काभेटर, बा २ क १०७३ र बा २ क १०७० नं.को टिपर फेला पारी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।