नवलपुर । इन्द्रावती गाउँपालिकामा ७ दिने मनोसामाजिक सहयाेग तालीम सुरु भएको छ । गाउँपालिका भरीका विद्यालय तथा सामाजिक अगुवाहरूको सहभागितामा तालीम सुरु भएको हो ।

पालीकाका वडाहरूलाई सिफारिस गरेर पठाएका शिक्षक सामाजिक व्यक्तित्व लाई तालिम दिन लागिएको महिला तथा बालबालीका शाखा प्रमुख सुजता गौतमले बताइन । एक वडाको २ जनाको दरले १२ वटा वडाबाट २४ जनाको सहभागिता रहेको छ ।

तालिम उद्घाटनको अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले पालीका समृद्ध हुनको लागी सबै क्षेत्रमा दक्षता आवश्यक हुने भएकाले पनि यस्ता तालिमहरू प्रभावकारी हुने बताए । यसका साथै उनले यो तालिमले आगामी दिनमा पालिकामा मनोसामाजिक समस्या भोगिरहेका नागरिकले राहत महसुस गर्ने उनले बताए ।

मानसिक रुपमा विक्षिप्त भएकाहरूको पहिचान गरेर समस्या समाधान गर्ने उद्देश्यले तालीम आयोजना भएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । तालिमको समापन पश्चात समाजमा भएका मनोसामाजिक समस्या भोगिरहेका ब्यक्तिको पहिचान र परामर्शको लागी सहजकर्ताको भूमिकामा रहेर काम गर्न सहभागीलाई ७ दिनसम्मको तालीम दिन लागिएको हो ।

इन्द्रावती गाउँपालिकाको आयोजनामा सुरु भएको यस तालिमले पालीकामा मनोसामाजिक समस्यामा परेकाहरूलाई सहजता हुने महिला तथा बालबालीका शाखा प्रमुख सुजता गौतमले बताइन । विभिन्न कारणले मनोसामाजिक समस्या भोगिरहेका पालीका वासिको समस्या समाधानमा सहयोग पुग्ने उनकाे भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!