सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका ६ मा एक युवकले मादक पदार्थ सेवन गरि अन्धाधुन्ध आक्रमण गर्दा तीन जना घाइते भएका छन् । शनिबार दिउँसो मादक पदार्थ सेवन गरि एकान्तमा रहेको इश्वरी पौडेलको घरमा पुगेका सोही स्थानका राजाराम रायमाझीले अन्धाधुन्ध आक्रमण गर्दा पौडेल सहित उनकी बुहारी गंगा पौडेल र छिमेकी मुक्तिनाथ पौडेल घाइते भएका हुन् ।

मादक पदार्थ सेवन गरि अर्धचेत अवस्थामा घरमा आएपछि बुहारीलाई गंगाले यस्तो अवस्थामा महिला मात्रै भएको घरमा किन आएको भनी फर्काउन खोज्दा रायमाझीले गंगालाइ चिर्पटले आक्रमण गर्न थालेपछि छुट्टाउन आएकी सासू इश्वरीलाइ समेत रायमाझीले चिर्पट प्रहार गरेका थिए । उनिहरु दुवैजना घाइते भएपनि खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय , सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले बताए ।

उनिहरुलाइ आक्रमण गरिरहेको देखेपछि छुट्टाउन गएमा छिमेकी मुक्तिनाथ पौडेल भने गम्भीर घाइते भएका छन् । रायमाझीले उनलाई पनि अन्धाधुन्ध प्रहार गरेका थिए । उनिहरुलाइ मुक्तिनाथका छोराले हेलिकप्टरमार्फत उद्धार गरेका थिए । उनिहरुको अहिले न्युरो अस्पताल , काठमाडौंमा उपचार भईरहेको छ ।

रायमाझीलाई भने प्रहरीले पक्राउ गरेको छ । उनलाई ईलाका प्रहरी कार्यालय, मेलम्चीमा राखेर अनुसन्धान भइरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनिहरुविच कुनै रिसीइवी नभएको र रायमाझीले आवेशमा आएर आक्रमण गरको हुनसक्ने खुलेको बुढाथोकीले बताए । खुल्लापाना बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!